प्रधानमन्त्रीद्वारा सूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

डिसी नेपाल
११ साउन २०८२ २१:२५
180
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का नेतृत्वसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले काठमाडौंस्थित दशरथ रङ्गशाला सानो भएकाले ठूलो रङ्गशाला निर्माणका लागि आवश्यक पर्ने जग्गालगायत पूर्वाधारको प्रबन्धका लागि परामर्श गरेका हुन्।

त्यस क्रममा सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले उक्त नगरको वडा नं ८, जगाते (पुरानो इँट्टा टायल कारखाना) मा रहेको २०० रोपनी जग्गा उपलब्ध गराउन सकिने र त्यसको प्रक्रिया छिटो अघि बढाउने अवगत गराएका थिए। प्रधानमन्त्री ओलीले उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रङ्गशाला बनाउने घोषणा गरे।

छलफलमा राखेप सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *