सागर डिस्ट्रिलरीलाई साधारण शेयर बिक्रीको अनुमति

डिसी नेपाल
१३ साउन २०८२ ६:३६
52
Shares

काठमाडौं। उत्पादन तथा प्रशोधन समूहतर्फ सागर डिस्ट्रिलरी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ। चालु आर्थिक वर्ष लागेसँगै बोर्डले पहिलो पटक सो कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको हो।

बोर्डले सो कम्पनीलाई कूल १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो। सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। बोर्डका अनुसार सो कम्पनीलाई सोमबार साधारण शेयर बिक्रीका लागि अनुमति दिइएको हो।

साधारण शेयर बिक्रीका लागि कूल ७६ कम्पनी प्रतिक्षामा छन्। तीमध्ये ३७ वटा जलविद्युत् कम्पनी रहेका छन्। होटल तथा पर्यटनतर्फ चार, विकास बैंक र फाइनान्स कम्पनी एक/एक वटा छन्। लगानी कम्पनीतर्फ तीन, उत्पादन तथा प्रशोधनतर्फ १८, माइक्रो इन्स्योरेन्सतर्फ तीन कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *