सुनको मूल्य घट्यो

डिसी नेपाल
१३ साउन २०८२ ११:२६
264
Shares

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन तोलामा ६ सयले घटेर १,९३,००० मा कारोबार भइरहेको छ। अघिल्लो दिन (सोमबार) सुनको मूल्य तोलामा १,९३,६०० रहेको थियो।

यता, चाँदीको मूल्यमा भने पाँच रुपैयाँको वृद्धि भएको छ। सोमबार प्रतितोला २,२९५ मा कारोबार भएको चाँदी आज २,३०० मा पुगेको छ।

यसैगरी, १० ग्राम सुनको मूल्य आज १,६५,४६५ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य १,९७२ रहेको छ। सुनचाँदीका मूल्यहरू अन्तर्राष्ट्रिय बजार, विनिमय दर र माग–आपूर्तिको आधारमा दैनिक रूपमा घटबढ हुने गर्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *