म सरकार परिवर्तनको खेलमा छैन, २०८४ को निर्वाचन यही गठबन्धनले गर्छ : शेखर कोइराला

डिसी नेपाल
१४ साउन २०८२ १४:२६
148
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको बताएका छन्।

बुधबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफूले अन्य दलको नेताहरूलाई भेट गरेको तर सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको स्पष्ट पारे। उनले पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने र आफूहरूसँग त्यो संख्या नभएको उल्लेख गरे।

कोइरालाले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न नसके पनि अर्को सरकार बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने बताए।

नेता कोइरालाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा र्फकन नहुने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै संविधानले यस विषयमा नबोलेकोले संविधान संशोधन आवश्यक रहेको जिकिर गरे।

कोइरालले वर्तमान गठबन्धन सरकारले संविधान संसोधनलाई प्राथमिकतामा राखेको भए पनि अहिलेसम्म संविधान संशोधनका लागि कार्यदल नबनाएको गुनासो गरे। निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियड अनिवार्य राख्नु पर्ने बताउँदै यसमा राजनीतिक दलका शीर्ष नेताले चलखेल गरिरहेको उनको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *