अध्यक्षबाट रञ्जितालाई हटाउने प्रस्ताव नाउपाले गर्‍यो पारित

डिसी नेपाल
१४ साउन २०८२ १८:४७
248
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ।

बुधबार काठमाडौंमा बसेको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो।

अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा भने नाउपाले छलफल गरिरहेको बताइएको छ।

घुसकाण्डमा मुछिएसँगै सञ्जिता विवादमा तानिएकी थिइन्। उनले पोखराका शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएपछि पार्टीभित्र विरोध भएको थियो।

रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो। रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको नाउपाले आजै निर्वाचन आयोगलाई जनाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *