सर्लाहीको भरततालमा डुबेर महिलाको मृत्यु
सर्लाही। बागमती नगरपालिका-१२ स्थित आन्तरीक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको भरत तालमा डुबेर बुधबार एक महिलाको मृत्यु भएको छ।
मृतकको नाम, ठेगाना खुल्न सकेको छैन। तराईमूलको जस्तो देखिने मृतक महिला अन्दाजी २०-२१ वर्षको देखिने इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले बताए।
तालमा खस्नुअघि महिलाले ‘बचाऊ’ भनेर चिच्याएपछि ताल परिसरमा व्यवसाय गर्ने र घुम्न गएका मानिस घटनास्थल नजिकै पुगेका थिए। तर उनीहरुले महिलालाई सकुशल बाहिर निकाल्न भने सकेनन्।
तालको पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेकी महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरी निरीक्षक अधिकारीले बताए।
उनले मृतकको परिचय खुलाउन सोधखोज भइरहेको जानकारी दिए। घाँटीमा मंगलसुत्र लगाएकी मृतक महिलाले टप्स र जिन्स पाइन्ट लगाएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment