ओली भेट्न बालुवाटार पुगे देउवा, मन्त्री हेरफेरबारे छलफल हुने

डिसी नेपाल
१५ साउन २०८२ १२:२२
288
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न देउवा बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले बताए।

दुई नेताबीच मन्त्रिपरिषद् हेरफेरसहित समसामयिक विषयमा छलफल हुनेछ। सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको छ।

बैठकमा एमालेबाट प्रधानमन्त्री ओली, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी छन्।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्।

सरकार गठनको एक वर्ष पूरा भइसकेपछि यसबारे समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री लागे पनि कांग्रेस भने आफ्नो पार्टीका मन्त्री हेरफेर गर्न अनिच्छुक देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *