उद्यमीहरूसँग प्रधानमन्त्रीले भने- नेपाल बन्छ भन्ने तपाईं–हामीले गरेर देखाउनुपर्नेछ

डिसी नेपाल
१५ साउन २०८२ १४:१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान दिने बताए।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा कहीँ पनि बाँकी पनि नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ लाग्नुपर्नेमा जोड् दिए।

‘हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नती हुँदैछौं। त्यसपछि विकासित मुलुकमा पुग्नेछौं। हाम्रो देश अरुले आएर बनाइदिँदैन। हामीले नै बनाउने हो। प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौं,’ प्रधानमन्त्री ओलीले भने। कार्यक्रममा नेपाली उद्यमीका विविध उत्पादन स्टलको प्रधानमन्त्रीले अवलोकन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *