राष्ट्रिय भेला विधानविपरीत, कुनै निर्णय मान्य हुँदैन : रञ्जिता श्रेष्ठ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन्।
बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकमा सहभागी भइ निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी हुन्।
पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक नै आह्वान नगरेको उनले बताइन्। अहिले पनि आफू पार्टीको अध्यक्षमा कायमै रहेको उनको भनाइ छ।
श्रेष्ठले आफू निरन्तर काममा हिँडिरहेको भन्दै पार्टीको विवादका बारेमा केही थाहा नभएको र कुनै भेला नबोलाएको जिकिर गरिन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment