‘वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई स्वदेशमै स्थापित गराउने योजना छ’
काठमाडौं। वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई नेपालमा नै स्थापित गर्ने व्यवस्था बोर्डले गर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारबाट नेपाल फर्किएका नेपालीहरुलाई स्वदेशमा नै स्थापित गराउने भन्दै उनीहरुले ल्याएको सीपलाई प्रमाणिकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको बताए।
उनले भने, ‘विदेशबाट आफ्नो समय सकाएर नेपाल फर्किएका नेपालीहरुलाई स्वदेशमा नै स्थापित गराउने, आफ्नै पालिकामा स्थापित गराउने र वैदेशिक रोजगारमा एकपटक गइसकेको व्यक्ति पुनः जान नपर्ने अवस्था निर्माण गर्ने गरि उद्यमशिलता तालिमको व्यवस्थापन गर्ने, तालिम दिने र उनीहरुले ल्याएको सीपलाई प्रमाणिकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको छ।’
यस्तै, उनले वैदेशिक रोजगारमा घाइते हुने, अपाङ्ग हुने, मृत्यु हुने अथवा अलपत्र पर्ने, जेल पर्ने जस्ता अवस्थामा उद्धार गर्ने काम वैदेशिक रोजगार बोर्डले नै गर्ने भन्दै राहत, उद्धार र कल्याणकारी कामलाई बोर्डले प्राथमिकतामा राखेर बताए ।
उनले भने, ‘विदेश जानुपूर्व सीपमूलक तालिमहरु दिने गइ सकेपछि अप्रिय घटनाहरु हुन सक्छन्। घाइते हुने, अपाङ्ग हुने, मृत्यु हुने अथवा अलपत्र पर्ने, जेलमा पर्ने, एउटा काम भनेर लाने अर्को काम गराउने खालको अवस्थामा उद्धार गर्ने काम वैदेशिक रोजगार बोर्डको हो। यो चरणको हिसाबले दोस्रो चरणको काम भएपनि क्रियाकलापको हिसाबले सबैभन्दा महत्वपूर्ण र प्राथमिकताको हिसाबले, पहिला प्राथमिकताको काम भनेकै राहत, उद्धार र कल्याणकारी काम नै हो।’
उनले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरुले एपबाट नै पढ्न मिल्ने खालको पाठ्यक्रम निर्माणको तयारी गरिरहेको भन्दै यसलाई अलि व्यवस्थापन गर्न सके घाइते र मृत्यु हुने दर कम हुने विश्वास व्यक्त गरेका छन्। सोही अनुसारको बजेटको कार्यक्रमहरु पनि बनाएको उनको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment