सबै नेपालीले खुसीका साथ खीर खाने वातावरण बनाउन लागौं: प्रधानमन्त्री

डिसी नेपाल
१५ साउन २०८२ १८:१३
36
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

बिहीबार नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा बोल्दै उनले हरेक नेपालीले खुसीका साथ खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन्।

उनले यस वर्ष तराई मधेसमा सुख्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताए।

उनले सुनकोशी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको बताए। प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *