भिजिट भिषा विषयको आन्दोलन वार्ताका माध्यमबाट टुङ्ग्याउनुपर्छ : सांसद परियार

डिसी नेपाल
१६ साउन २०८२ १९:२७
92
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संसदमा भैरहेको भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्ने बताएका छन्।

शुक्रबार उदयपुरमा चौदण्डीगढी नगर कमिटिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै परियारले अहिले सदनमा भैरहेको भिजिट भिषा सम्बन्धिको आफूहरूको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनु पर्ने बताएका हुन्।

बिहिबार रुपन्देहीको भैरहवामा बसेको पार्टीको संसदीय दलको बैठकले समेत सदनमा अहिले देखिएको समस्या वार्ताको माध्यमबाट टुङ्ग्याउनु पर्ने निस्कर्ष निकालेको समेत उनले बताए।

जनताको पक्षमा सम्वाद गर्न आए ढोका खुला रहेको भन्दै उहाले संख्याको बल देखाए आन्दोलन जारी राख्ने स्पष्ट पारे। प्रमुख सचेतक परियारले देशमा परिवर्तन गर्न चाहने शक्तिलाई रोक्न बर्तमान सत्ता साझेदार दल लागिपरेको आरोप लगाए।

शुक्रबार भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौदण्डीगढी नगर अधिवेशनमार्फत रमेश विष्टको अध्यक्षतामा १० सदस्य समिति सर्वसम्मत चयन भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *