कसैले भन्दैमा राजीनामा दिन्नँ, पार्टी चलाउन सक्ने क्षमता नभएकाले छाड्नुपर्छः झलनाथ खनाल
‘समाजवादी मोर्चाको कुनै गन्तव्य छैन।’
फाइल तस्वीर
काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफुले पार्टी छाड्ने वा राजीनामा दिने कल्पना समेत गर्न नसक्ने बताएका छन्।
शनिबार आफ्नै निवास डल्लुमा सञ्चारकर्मीेसंग कुरा गर्दै खनालले विद्रोह गरेर निर्माण गरेको पार्टीलाई बैचारिक र सैद्धान्तिक रुपमा सुदृढ गर्नुपर्ने भन्दै कसैले भन्दैमा पार्टी छाड्ने वा राजीनामा दिने कल्पना समेत गर्न नसक्ने बताएका हुन्। उनले आफ्नो अन्तर्वार्ताका आधारका पार्टी अध्यक्षले पार्टी छोड भन्नु तल्लो स्तरको चिन्तन भएको टिप्पणी गरे।
खनालले आफुले नभइ पार्टी चलाउन सक्ने क्षमता नभएकाले पार्टी छाड्नुपर्ने तर्क गरे। उनले एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि हुन नसकेकाले औचित्य पुष्टि हुनेगरि पार्टी आन्दोलनलाई अघि बढाउनुपर्नेमा जोड दिए।
पार्टी विद्रोह गरेको कुरालाई आफूले गलत नभनेको स्पष्ट पार्दै खनालले विद्रोहको औचित्य स्थापीत हुन नसके विद्रोह स्वतः गलत हुन जाने जिकिर गरे।
खनालले आफुले पार्टीमा वैज्ञानिक समाजवादमा जोड दिएपनि पार्टी अध्यक्ष पुरानै जबजको पछि लागेको तर्क गरे। खनालले समाजवादी मोर्चाको कुनै गन्तव्य नरहेकाले यसप्रति आफ्नो सकारात्मक विश्वास नरहेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment