जंगली हात्तीले धानबालीमा क्षति पुर्यायो
कञ्चनपुर। बेदकोट नगरपालिका–१० चथरीमा जंगली हात्तीको बथानले आज स्थानीय आठ किसानको दुई बिघा खेतमा लगाइएको धानवालीमा क्षति पुर्याएको छ।
वडाध्यक्ष रतन विष्टका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले धानबालीमा क्षति पुर्याएका हुन्। स्थानीय रमिला रानाको १० कठ्ठा, मिना रानाको १० कठ्ठा, सीतादेवी कठायतको पाँच कठ्ठा, पुरन चुनारा, रूपया चुनारा, सुर आग्रिर राम चुनाराको गरी १० कठ्ठा जग्गाको धानबालीमा नोक्सानी पुर्याएको उनको भनाइ छ।
यसबारे प्रहरीलाइ जानकारी गराइ सकिएको वडाध्यक्ष विष्टले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार अस्थायी प्रहरी पोष्ट दैजीबाट तीन जनाको प्रहरीको टोलीलाई हात्ती प्रभावित क्षेत्रमा पठाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment