भेटिएनन् महाकालीमा बेपत्ता दुई बालिका

डिसी नेपाल
२७ साउन २०८२ १६:४८
20
Shares

दोधारा चाँदनी (कञ्चनपुर)। महाकाली नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको अवस्था अझै अज्ञात छ।

आइतबार दिउँसो भीमदत्त नगरपालिका–१२ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालिका फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

आइतबारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा स्थानीयले खोजतलास गरे पनि बालिकाको अवस्था पत्ता लाग्न नसकेको हो। ‘नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई बालिकाको अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन’, उनले भने, ‘आज तेस्रो दिन पनि महाकाली नदीमा खोजीकार्य जारी छ।’

उनका अनुसार महाकाली नदीमा नुहाउने क्रममा भीमदत्त–११ का मुकेश पन्तकी ६ वर्षीया छोरी सानवी र सोही ठाउँका पदमराज पन्तकी ८ वर्षीया छोरी जीविका पन्त महाकाली नदीमा बगेर बेपत्ता भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *