नेपालमा अब नैतिकता केही मानिसमा मात्र बाँकी छ : अशोक चौधरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले नेपालमा अब नैतिकता केही मानिसमा मात्र बाँकी रहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री र पोखरा लिच्चीबारी काण्डमा सहकारी मन्त्रीको नाम जोडिदा पनि उनीहरु विरुद्ध कारबाही नभएको भन्दै यो देशमा नैतिकता हराउँदै गएको बताए।
उनले भने, ‘यो देशमा अब नैतिकता केही मानिसमा मात्र छ। हामी निरन्तर भिजिट भिसा प्रकरणको आडमा भएको भ्रष्टाचारको छानबिनका लागि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छौं। त्यस्तै पोखरा लिच्चीबारी काण्डमा २५ लाख घुस खाएको घटनामा बलराम अधिकारीमाथि प्रश्न उठेको छ। तर, मन्त्रीहरु हामीलाई हावाले मात्र छोएको हो भन्नु हुन्छ। सदन र आम जनताले यसको जवाफ पाउनुपर्छ।’
यस्तै, उनले देशमा भ्रष्टाचारको काण्डहरु धेरै नै दबाउन खोजिएको भन्दै आन्दोलन जारी रहेको र संसदीय छानबिन समिति गठनको माग पनि यथावत रहेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment