राजेन्द्र लिङ्देनले भेला स्थगित गरेलगत्तै ज्योति लामाको अध्यक्षतामा कार्यसमिति घोषणा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला समिति विभाजित भएको छ।
आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबिच हात हालाहाल भएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका हुन्।
सोही क्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कुरामा चित्त नबुझेको कुरालाई छलफल गरेर टुङ्गो लगाउन सकिन्छ भन्दै गुन्डागर्दिबाट कुनै पनि कुराको समाधान नहुने बताएका थिए।
विवाद सामान्य हुने अवस्था नरहेपछि भने उनले अधिवेशन स्थगनको घोषणा पनि गरेका थिए।
उनले भने, ‘युवाहरु भनेको यो पार्टीको भविष्य हो, यो पार्टीको उत्तराधिकारी हो। तपाईहरु कसैको केटा होईन्, कसैको हतियार होईन। त्यसकारण कसैलाई केही कुरामा चित्त बुझेको छैन् भने बन्दसत्रमा कुरा हुन्छ र छलफल गरेर टुङ्गो लगाउन सकिन्छ तर गुन्डागर्दिबाट कुनै पनि कुराको टुङ्गो लगाउन सकिदैँन् र पाइदैँन्। त्यसकारण सबैजना शान्त भएर यो अधिवेशन प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्न चहान्छु।’
उनी कार्यक्रमस्थल छोडेर हिँडेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ।





No ads found for this position



डिसी नेपाल
Facebook Comment