कुलमान घिसिङ र ब्रिटिस सांसद एलेक्स बेकरबीच भेटवार्ता

डिसी नेपाल
२९ साउन २०८२ १०:१७
36
Shares

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक तथा उज्यालो नेपाल अभियानका प्रस्तावक कुलमान घिसिङ र ब्रिटिस सांसद तथा नेपालका लागि सर्वदलीय सांसद समूह (एपीपीजी) का नेता एलेक्स बेकर बिच भेटवार्ता भएको छ।

मंगलबार (हिजो) बेलायतमा नेता बेकर र घिसिङबीच भेटवार्ता भएको हो। भेटमा नेपाल-बेलायत सम्बन्ध, नेपालको ऊर्जा क्षेत्र, हरित हाइड्रोजन प्रवद्र्धन, जलवायु परिवर्तनले नेपालमा पारेको असर, बेलायती गोर्खा आर्मीको पेन्सन, नेपालको वर्तमान राजनीतिक अवस्था, उज्यालो नेपाल अभियानलगायतका विषयमा छलफल गरिएको छ।

बेकरले नेपालको विभिन्न विषयमा चासो राख्दै सहयोगको प्रतिबद्धता जनाएकी छन्। सो भेटमा नेपाल–बेलायतबीचको द्विपक्षीय जीटूजी गोर्खा मुद्दाका प्रमुख वार्ताकार तथा सचिव मेजर (सेवानिवृत्त) जुद्बहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमिला भान ओमेन तामाङ र एल.एन. पाण्डेलगायतको उपस्थिति थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *