हाँडी जातिलाई माझीको पहिचान दिन माग

डिसी नेपाल
२९ साउन २०८२ १४:३२

काठमाडौं । प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले संविधानले सबै जातजाती भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको भएता पनि व्यवहारमा लागू नभएको भन्दै आपत्ति जनाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मोरङ पूर्वको सुनसरी, मोरङ र झापामा रहेका पाँच लाख हाँडी जातिलाई माझीको पहिचान दिन माग गरे।

उनले भने,‘संविधानले सबै जातजाति भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको छ। तर व्यवहारमा रुखो छ। मोरङ, सुनसरी र झापामा पाँच लाखभन्दा बढी जनसंख्या भएको हाँडी जातीले पीडा भोगिरहेका छन्। यो जातीले थर माझी लेख्छन्। तर नेपालमा माझी लेख्ने अरू धेरै जाती पनि छन्। त्यसकारण संविधानले व्यवस्था गरेअनुसार हाँडी जातीको माझी भनेर पहिचान होस् भनी जोडदार माग गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *