अर्थतन्त्रका सूचक सकारात्मक : बर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अघिल्लो सरकारले गरेका राम्रा कामका कारण अहिले मुलुकको अर्थतन्त्रका सूचकहरुमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै पुनले वर्तमान सरकारका कारण नभइ विगतका सरकारले गरेका राम्रा कामको प्रभाव अहिले मुलुकको अर्थतन्त्रमा देखिएको र अर्थतन्त्रका सूचकहरु केहि सकारात्मक भएको दाबी गरेका हुन्। यद्धपी अहिले अर्थतन्त्रका वास्तविक क्षेत्रका सूचकमा कुनै सुधार नरहेको उनले बताए।
पुनले अहिले बैंकहरूमा खर्बौ लगानी योग्य पैसा थुप्रिएर रहे पनि लगानी गर्ने वातावरण बन्न नसकेको जिकिर गरे।
त्यस्तै उनले वर्तमान सरकारको एकपछि अर्को भ्रष्टाचार र बेथितिका श्रृंखलाको कारण जनतामा चरम निराशा छाएको आरोप लगाए।
उपलब्धि गुम्ने र लोकतन्त्र खतरामा पर्ने मुख्य कारण नबन्न उनले प्रधानमन्त्रीलाई सुझाव दिए।







डिसी नेपाल







Facebook Comment