तीन पुरुष र दुई महिलाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला परेको छ। प्रहरीका अनुसार तीन पुरुष र दुई महिला गरी पाँच जनाको शव फेला परेको हो।
बागलुङको जैमिनी नगरपालिका-७ चौरीखोलास्थित कालीगण्डकी करीडोर सडक छेउमा सोही नगरपालिका-८ वाङलिङ बस्ने ४५ वर्षीय दिल बहादुर नेपाली सोमबार मृत अवस्थामा फेला परेका छन्।
बाँकेको डुडुवा गाउँपालिका-४ सिधनिया घाटस्थित राप्ती नदीको छेउमा पहिचान नखुलेकी अन्दाजी ६५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन्।
इलामको सूर्योदय नगरपालिका-७ बस्ने ४० वर्षीय बेल कुमार घले सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन्।
कैलालीको जानकी गाँउपालिका-२ बस्ने ७२ वर्षीय मन्जु शाह आफ्नै घर नजिकै सोमबार मृत अवस्थामा फेला परेका छन्।
स्याङ्जाको पुतलीबजार नगरपालिका-७ तोराधी बस्ने ४६ वर्षीय नेत्र बहादुर गोदार सोही ठाउँस्थित गोरेटो बाटोमा सोमबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment