पोखरामा आप्रवासी स्रोत केन्द्र स्थापना

डिसी नेपाल
५ भदौ २०८२ ९:३४
16
Shares

कास्की। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन परामर्श तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालयको परिसरमा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) स्थापना भएको छ । पोखरा महानगरपालिकाले रु १६ लाख लागतमा केन्द्र स्थापना गरेको हो ।

केन्द्रबाट सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचना तथा परामर्शका साथै कानुनी सहायता गरिने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए।

वैदेशिक रोजगारीमा जाने तयारीका युवालाई वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सुरक्षासम्बन्धी परामर्श, सावधानी तथा निःशुल्क तालिमका लागि सिफारिस तथा अप्ठ्यारोमा परेकालाई कानुनी सहायताका लागि केन्द्र स्थापना गरिएको उनको कथन छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *