बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
ललितपुर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
ललितपुर गोदावरी नगरपालिका–२ बस्ने सर्लाही हरिवन नगरपालिका–९ घर भएका ३३ वर्षीय प्रकाश कुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत ललितपुरको २०८० असोज ७ गतेको फैसलाले २० लाख ९० हजार रूपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर गोदावरी नगरपालिका–२ बाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment