चाबहिलसहितका क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने
काठमाडौँ । चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले काठमाडौँका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनबाट विद्युत् वितरण हुने क्षेत्रहरूमा आपूर्ति बन्द रहनेछ।
विद्युत् आपूर्ति प्रभावित हुने क्षेत्रहरूमा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका भेगहरू रहेका छन्।
प्राधिकरणले तोकिएको समयअघि नै मर्मतसम्भारको काम सकिएमा समयअघि नै विद्युत् आपूर्ति नियमित गरिने जनाएको छ। साथै, मर्मत कार्यका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना व्यक्त गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment