काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ५१३ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँचका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न सडकखण्डमा सवारी नियम उल्लंघन गर्ने चालकहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो। ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउनेहरू रहेका छन्। मापसे गरेर चलाउने ७९ जना, सीसीटीभी मार्फत निगरानी गरी ३३ जना र रातो बत्तीको इसारा उल्लंघन गर्ने १५ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी, तीव्र गतिमा सवारी हाँक्ने १४, निषेधित क्षेत्रमा हर्न बजाउने ७, लेन अनुशासन पालना नगर्ने (लेन क्रस) ५, एकतर्फी (वान-वे) सडकमा सवारी हुक्याउने ३ र अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ३५३ जना गरी कुल ५१३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। सडक दुर्घटना न्यूनीकरण र सवारी आवगमनलाई व्यवस्थित बनाउन ट्राफिक जाँचलाई थप कडा पारिएको प्रहरीको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment