‘माग्ने राजा’को सिक्वेल बनाउँदा राम्रो
काठमाडौं । हेरून्जेल दर्शकलाई फिल्मले बाँधिरहन्छ भने त्यो फिल्म सफल मानिन्छ। मैले चाहिँ यो फिल्ममा कतै पनि बोर फिल गरिनँ, हेरून्जेल मज्जा छ।
निर्देशक र लेखकले ‘माग्ने’लाई गरिबीमा पनि चरम, धनाढ्य पनि चरम रूपमा देखाएका छन्। कहिले रिन तिर्न नसकेर भागिरहेको माग्ने, कहिले पैसाको बिटो फ्याक्ने माग्ने।
निराशा पनि चरम, क्रान्तिकारी छवि पनि चरम देखाएका छन् । १५ सय मागेर काठमाडौं छिरेको माग्ने अर्बपति हुँदै सबै सकिएर १५ सय मागेर गाउँ फर्किने पनि माग्ने।
माग्नेको चरित्र उत्कृष्ट छ, उनको यो फिल्मले अर्कै छवि स्थापित गर्छ। वर्षा सिवाकोटीलाई फरक लुक्समा देखाएर निर्देशकले आफ्नो क्षमता भरपुर प्रयोग गरेका छन्।
म्युजिक पनि चरम छ, बबाल म्युजिकले फिल्मले हाइट लिएको छ। समग्रमा भन्नु पर्दा हरेक दृश्यलाई `डिप´मा देखाईएको छ। यसमा चाँही लेखक र निर्देशकीय क्षमता प्रस्फुटन भएको छ। कुनै पनि दृश्य ओभर र सतहि छैन। मेकिङ उत्कृष्ट छ। कुनै दृश्यले आँखा बिझाउँदैन।
मेरो ब्यक्तिगत दृष्टीकोण: सेकेन्ड लास्ट जम्मा २ मिनेटको सिनमा सम्पति सबै बन्धक भएको र पैसा सकिए पनि माग्नेले अरूलाई चुनाब हराएर गाउँ फर्केपछिको सिन भने कता कता खल्लो लाग्यो।
माग्नेलाई हराउन भन्दा पनि सेकेन्ड लास्ट सिनमा जिताई दिनु पर्थ्यो। बरू सम्पत्ति शुद्धिकरणको मुद्दापछि पद निलम्बनमा परेर गाउँ फर्काएको भए माग्ने `माग्ने राजा` हुन्थ्यो कि?
फिल्मबाट १० प्रतिशत ज्ञान र ९० प्रतिशत मनोरञ्जन लिन चाहानेलाई यो `कम्प्लिट फिल्म` हो। यो उच्चकोटीको सिरियस कमेडी फिल्म हो। हेर्न गएँ पैसा खेर गएको महशुस हुँदैन।
खैर, थापाथलीको २५ रोपनी जग्गा `उपहार´ पाएको सिन देखाउँदा थप उत्सुकता जगाएको छ।
No ads found for this position


Facebook Comment