कोशी प्रदेशले संविधान दिवस भव्य रुपमा मनाउने

डिसी नेपाल
११ भदौ २०८२ १७:१९
28
Shares

विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउने तयारी गरेको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले तयारी भव्य रुपमा गर्ने निर्णय गरेको हो।

सरकारका सबै मन्त्रीहरु, सचिवहरू, सामाजिक क्षेत्रका संघसंस्थाहरूको उपस्थितिमा भएको बैठकले ५ सय एक सदस्य मूल समारोह समिति गठन गरेको छ।

त्यस्तै बैठकले आगामी असोज ३ गतेको संविधान दिवसलाई भव्य रुपमा मनाउने र तीन दिनसम्म विविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ। वक्तित्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनी, जिल्ला जिल्लामा ,प्रदेश सरकारका सेवाहरू देखिनेगरी कार्यक्रमहरू गर्ने निर्णय गरिएको छ।

बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशभित्रका सबै संघसंस्था लाई संविधान दिवस भव्य रुपमा मनाउन आग्रह गरे। उनले प्रदेशका मौलिकताहरू झल्किने झाँकी र जातजातिका विशेषता झल्किने प्रदर्शनीहरू गर्न पनि निर्देशन दिएका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कोशी प्रदेशमा संविधान दिवस मनाउने तयारी गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *