९ उपसचिवको सरुवा, को कहाँ?

डिसी नेपाल
११ भदौ २०८२ १८:४५
2.5k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका ९ जना उपसचिवको सरुवा गरिएको छ।

कार्यालय मातहतका राजश्व अनुसन्धान विभागअन्तर्गत बुटवल, कोहलपुर र इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयका प्रमुखसहित ९ उपसचिवको सरुवा गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कृष्ण प्रसाद शर्मालाई राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा सरुवा गरिएको छ। त्यहाँ कार्यरत उमेश राज रिमाललाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै सुवास श्रेष्ठलाई राजश्व अनुसन्धान कार्यालय, बुटवल खटाइएको छ। त्यहाँका प्रमुख विवेक घिमिरेलाई राजश्व अनुसन्धान विभागमा तानिएको छ।

राजश्व अनुसन्धान कार्यालय, इटहरीका उत्तम कुमार घिमिरेलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ। त्यहाँ राजश्व अनुसन्धान विभागका अर्जुन राईलाई जिम्मेवारी दिइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका मनोज रेग्मीलाई राजश्व अनुसन्धान विभागमा, विभागका नवराज अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ। पर्वत गिरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै प्रशासन शाखामा पदस्थापन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *