सुदूरपश्चिमको विकासका लागि संघीय सरकारसहित सबै निकायको सहयोग आवश्यक छ : मुख्यमन्त्री शाह
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिमको विकासका लागि संघीय सरकार सहित सबै निकायको सहयोग साथ चाहेको बताएका छन्।
बिहिबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजधानीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचुर सम्भावना बोकेको सुदूरपश्चिले सबैको साथ सहयोग खोजेको बताएका हुन्।
‘सुदूरपश्चिम प्रदेशको दीर्घकालीन समृद्धि र समग्र विकास प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन–२०८२ को आयोजना गर्दैछ,’ मुख्यमन्त्री शाहले भने, ‘सबै पक्षलाई लगानी गर्न आग्रह गर्दछु।’ प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन– २०८२ को मिति तय गरेकको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री शाहले खनिज, जडिबुटी, पस्मिना, पशुपालन, पर्यटन, उद्योगलगायत थुप्रै सम्भावना सुदूरपश्चिमले बोकेका कारण लगानी गर्न सकिने र सोको लागि प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।
‘तपाईंहरू लगानी गर्नुस्। लगानीमैत्री वातावरण र उद्योग वा व्यवसायसम्मको बाटो, विद्युत्लगायत पूर्वाधार निमार्णको जिम्मा प्रदेश सरकार लिन्छ’, मुख्यमन्त्री शाहले भने।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आउने उपभोग तथा उपभोगका सामानहरु परीक्षण गरेर मात्र आयात गर्ने बताए। उनले नेपाल डम्पिँग साईड नभएको बताएका छन्।







डिसी नेपाल







Facebook Comment