विकासका मुद्दामा सहमति खोज्न मन्त्री खड्काको आग्रह

डिसी नेपाल
१२ भदौ २०८२ २०:०८
28
Shares

खाँदबारी (सङ्खुवासभा)। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दलीय स्वार्थभन्दा माथि उठेर विकासका मुद्दामा सहमति खोज्न सबैलाई आग्रह गरेका छन्।

मादी माध्यमिक विद्यालयको हिरक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खड्काले शिक्षा र ऊर्जा दुवै क्षेत्रमा सङ्खुवासभाले पुर्‍याएको योगदान ऐतिहासिक रहेको उल्लेख गर्दै जिल्लाको स्रोतसाधन र सम्भावनालाई राष्ट्रिय गौरवमा रूपान्तरण गर्न आवश्यक रहेको धारणा राखे।

‘सङ्खुवासभामा जलविद्युत्सँगै पर्यटन, योगमाया आयुर्वेद विश्वविद्यालय, सीमा नाका र पूर्वाधार विकासको अत्यधिक सम्भावना छ। यस्तो क्षमतामय जिल्लाको विकासलाई दलगत राजनीतिभन्दा माथि राख्नुपर्छ’, उनले भने। चीन र भारतलाई जोड्ने किमाथाङ्का नाकालाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो।

सो अवसरमा विद्यालय स्थापना र विकासमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *