नैतिक दाग लागेर एउटा पद छाडेका रामहरि खतिवडालाई उस्तै प्रकृतिको अर्को पद दिइँदै

डिसी नेपाल
१३ भदौ २०८२ ११:२०
2.1k
Shares

काठमाडौं। संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा अनर्थ लाग्ने शब्दावली प्रयोग भएपछि नैतिक दागका कारण प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको सभापति पदबाट राजीनामा दिएका कांग्रेस सांसद रामहरि खतिवडालाई उस्तै प्रकृतिको अर्को समितिको सभापति बनाइने भएको छ।

खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाइने भएको हो। यसका लागि सबैभन्दा पहिले उनलाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइँदैछ। आज बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले खतिवडालाई सुनुवाइ समितिको सदस्य नियुक्त गरिएको जानकारी गराउनेछन्।

खतिवडाले राजीनामा दिएपछि रिक्त भएको राज्य व्यवस्था समितिको सभापतिमा इश्वरी न्यौपाने निर्वाचित भइसकेकी छिन्। न्यौपाने पहिले संसदीय सुनुवाइ समितिको सभापति थिइन्। उनलाई राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिमा लगिएको थियो। भदौ १० गते न्यौपानेले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिको सभापति पद रिक्त छ।

आज खतिवडालाई संसदीय सुनुवाइ समितिको सदस्य नियुक्त गरिएको सभामुखले जानकारी गराएपछि समितिको सभापति निर्वाचित गर्नुपर्नेछ। प्रतिनिधि सभा नियमावलीअनुसार समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गर्नुपर्छ। यसअनुसार आगामी भदौ २५ गतेभित्र समितिको सभापतिको लागि निर्वाचन हुनेछ र पूर्वसहमतिअनुसार खतिवडालाई सभापति निर्वाचित गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *