वन क्षेत्र र चुरे विनासका कारण मधेस मरुभूमि बन्दैछः अध्यक्ष यादव

डिसी नेपाल
१५ भदौ २०८२ १९:३४

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दैनिक रूपमा चुरे र यहाँको वन विनाशका कारण मधेस मरुभूमि भइरहेको बताएका छन्।

जसपा राजविराज नगर समितिका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमित सदस्यको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा आज यहाँ उनले जलस्रोतको धनी देश नेपालमा पानीको अभाव हुनु दुर्भाग्यपूर्ण रहेको बताए।

चुरे विनाशका कारण हाल मधेसमा जलसङ्कट देखिएको बताउँदै अध्यक्ष यादवले सुकुम्वासी व्यवस्थापनका नाममा भूमि विधेयक ल्याएर सरकारले मधेसलाई थप समस्यामा पार्न खोजेको आरोप लगाए। चुरे विनाशका कारण मधेसमा भूमिगत पानीको सतह समाप्त हुँदै गएको, भूमि विधेयकले थप विनाश बढाउने र मधेस मरुभूमिमा परिणत हुने उनको जिकिर थियो।

अन्तरराष्ट्रिय संस्थाहरूले धेरै पहिले नै चुरे संरक्षण नगरे पानीको सङ्कट आउने भनी सचेत गराएको स्मरण गर्दै अध्यक्ष यादवले त्यसमा सचेत नहुँदा हाल जमिन सुक्खा भएर सङ्कट उत्पन्न भएको धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *