रुपन्देही ३ मा रास्वपाका उम्मेदवार लेखजंग थापा
काठमाडौं। कात्तिक १७ मा हुने रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ। रास्वपा बाट डा.लेखजंग थापा उम्मेदवार भएका छन्।
रूपन्देही–३ बाट उम्मेदवार बन्नका लागि रास्वपाबाट ९ जनाले उम्मेदवारी बन्न निवेदन दिएका थिए। रास्वपाको प्राइमरी इलेक्सनबाट उनी उम्मेदवारमा निर्वाचित भएका हुन्।
उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल उम्मेदवारको आकांक्षी रहेका थिए।
रूपन्देहीको सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा.थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। न्युरोलोजी अध्ययन गरेका डा.थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन्।
हाल उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख हुन् भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment