प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

डिसी नेपाल
१६ भदौ २०८२ २२:०६
72
Shares

थियानजिन (चीन)। सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ।

उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ। उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *