लैंगिक समानता प्रवर्द्धन गर्न सरकारले काम गरिरहेको छः मन्त्री सुडी

डिसी नेपाल
१६ भदौ २०८२ २२:१२
40
Shares

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह (सुडी)ले लैंगिक समानता प्रवर्द्धन गर्न सरकारले तीव्रताका साथ काम गरिरहेको बताएका छन्।

यहाँ आज आयोजित महिला समुत्थान परियोजनाको वार्षिक समीक्षा गोष्ठीमा उनले लैंगिक समानताको विषयमा सरकारले गहिरो आत्मसमीक्षासहित काम गरिरहेको बताए। यसका लागि देखिएका चुनौती पहिचान गरी आगामी दिनमा थप सुधारका काम गरिने मन्त्री सुडीको भनाइ थियो।

उनले चालु आर्थिक वर्ष २०८२÷८३ का लागि योजना तर्जुमा गर्दा सङ्ख्यात्मक उपलब्धिको मात्र नभई गुणात्मक प्रभावको पनि मूल्यांकन गरिएको बताए।

मन्त्री सुडीले महिला सशक्तीकरण कुनै एक क्षेत्रको मात्र विषय नभई सिंगो राष्ट्रको विकास र समृद्धिसँग जोडिएको मूल विषय भएकाले यसमा सबैको सहकार्य आवश्यक रहेको धारणा राखे। उनले लैंगिक हिंसापीडितको पुनःस्थापना र एकीकरणका लागि एक राष्ट्रिय र तीन प्रादेशिक पुनःस्थापना केन्द्रहरू निर्माण गरी सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *