अटो दुर्घटनामा परी बेपत्ता दुई यात्रुको शव फेला, एकको खोजीकार्य जारी

डिसी नेपाल
१७ भदौ २०८२ १२:५३
200
Shares

दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका५ सौकेबगरस्थित भित्री सडकखण्डमा भाद्र सोमबार भएको अटो दुर्घटनामा परि बेपत्ता भएका यात्रुहरू मध्ये दुई जनाको शव सशस्त्र प्रहरी फेला पारेको छ।

होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो गति अनियन्त्रित भई सडकबाट करीब ५० फिट तल नौगाड खोलामा खसेको थियो।

अटोमा सवार ५ मध्ये सोही ठाउँ बस्ने १२ वर्षीया आरुषा धामीको शव घटना स्थलबाट करिव ७ मिटर पश्चिम र १७ वर्षीया भागा धामीको शव करिव ७ किलो मिटर पश्चिमबाट सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँच, नेपाल प्रहरी, जलविद्युतका कर्मचारी र स्थानीय बासिन्दाले खोजीकार्य गर्ने क्रममा फेला पारेको हुन। बेपत्ता ४७ वर्षीया चाखुरी देवी धामीको खोजीकार्य भईरहेको छ भने अटो चालकालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा परी घाइते भएका सोही ठाउँ बस्ने १६ वर्षीय आयुष भुललाई उपचारको लागि गोकुलेश्वर अस्पतालतर्फ पठाएको छ।

दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँचबाट सशस्त्र प्रहरी नायव निरीक्षक दलजित सिहं डोबालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज वेपत्ताहरुको खोजीकार्यको लागि खटिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *