महिलाहरुले देशको नेतृत्व गरेर परिवर्तन ल्याउन सक्षम छन् : अष्टलक्ष्मी शाक्य

डिसी नेपाल
१७ भदौ २०८२ १५:३४
12
Shares

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले सिङगो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्ने बताएकी छन्।

मंगलबार शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेका जनप्रतिनिधि महिलाहरु सिङगो देशको परिवर्तन गर्न सक्षम रहेको बताएकी हुन्।

उनले भनिन्, ‘दुःख र संघर्ष गरेर एउटा महिला सक्षम र सफल भएर वा जनप्रतिनिधिका रुपमा काम गर्न कति गार्हो छ भन्ने हामीले भोगेका छौं। अस्तव्यस्त जीवन एकातिर, बच्चाहरु र परिवारको माया एकातिर राखेर निर्वाचित जनप्रतिनिधिको हैसियतले निस्वार्थ भावले खटिराख्दा आशावादी पनि हुन सकिन्छ। त्यसैले महिला नेतृत्वले नै सिङगो देशको परिवर्तन गर्न सक्छन् र नेतृत्व गर्न सक्छन् भन्ने भावना जागेको छ।’

उनले शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधिको लागि १३१ जनाले फाराम भरेकोमा गहिरो अध्ययन गरी धैर्यता राखेर अत्यन्तै समय निकालेर मूल्याङक गरिएको पनि बताइन्।

उनले यि ३१ प्रेरणादायी महिला जनप्रतिनिधिहरु निष्पक्ष न्याय दिनुका साथै शिक्षा, स्वास्थ्यको सवालमा पनि राम्रो योजना रहेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *