इसेभेन भिसामा कामदारलाई दक्षिण कोरिया पठाउन पूर्वस्वीकृति दिइएको छैनः वैदेशिक रोजगार विभाग

डिसी नेपाल
१८ भदौ २०८२ २२:३४
52
Shares

काठमाडौं। सरकारले इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न सबैलाई सुसूचित गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले अहिलेसम्म आधिकारिक रुपमा इसेभेन भिसामा कामदार दक्षिण कोरिया पठाउन कुनै संस्थालाई पूर्वस्वीकृति नदिएको स्पष्ट पारेको छ।

विभागद्वारा आज जारी विज्ञप्तिमा इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाइदिने भन्दै गैरकानुनी रुपमा प्रचारगरी रकम असुली भइरहेकोतर्फ विभागको ध्यानाकर्षण भएको जनाइएको छ।

विभागका अनुसार मन्त्रालयबाट गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ। तर विभागबाट हालसम्म आधिकारिक रुपमा इसेभेन भिसामा पठाउने प्रक्रियास्वरुप कुनै संस्थालाई पूर्वस्वीकृति दिन सुरु भएको छैन।

कोरियास्थित नेपाली राजदूतावासबाट यसप्रकारको भिसाका लागि कार्यविधिअनुसार प्रक्रिया पूरा गरी मागपत्र प्रमाणीकरणका लागि कुनै आवेदन नआएको बताइएको छ। ‘कुनै पनि व्यक्तिरसंस्थाले सामाजिक सञ्जाललगायत अनाधिकृत तवरले इसेभेन भिसामा दक्षिण कोरिया पठाउँछु भनी रकम माग गरेमा वा आश्वासन दिएमा त्यसप्रकारको प्रलोभनमा परी अनाधिकृत व्यक्तिरसंस्थालाई रकम बुझाउने काम नगर्नुरनगराउनु हुन अनुरोध छ’, विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *