मधेश प्रदेशमा शुक्रबार सार्वजनिक विदा

डिसी नेपाल
१९ भदौ २०८२ १७:०६
4.7k
Shares

जनकपुर । मधेश प्रदेशमा भोली (शुक्रबार) सार्वजनिक विदा दिइएको छ।

मुस्लिम धर्मावलम्बिहरुले मनाउने मोहम्मद जयन्तीको अवरसमा मधेश प्रदेश सरकारले प्रदेशभरी विदा दिएको छ।

मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सुचना जारी गर्दै भोली मधेश प्रदेश भरी सार्वजनिक विदा रहेको जानकारी दिएका छन्।

२०८१ चैत्र २२ गत्तेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा बमोजिम भोली (शुक्रबार) विदा दिइएको सुचनामा उल्लेख रहेको छ।

प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा विदा दिँइदै आइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *