कोशीका मुख्यमन्त्रीले लिए ललितपुर दुर्घटनाको जिम्मेवारी

डिसी नेपाल
२१ भदौ २०८२ १०:५४
6.7k
Shares

काठमाडौं । ललितपुरको हरिसिद्धीमा आज बिहान भएको दुर्घटनाको जिम्मेवारी कोशी प्रदेश सरकारले दिएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले दुर्घटनामा घाइते भएकी बालिको उपचारको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने घोषणा गरेका छन्।

ललितपुर२८ मा आज बिहान सवा ७ बजेतिर कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री राम राना चढ्ने गाडीले ठक्कर दिँदा हरिसिद्धीकी ११ वर्षीया बालिका उषा सुनुवार घाइते भएकी छन्। उनको उपचार भइरहेको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन्।

ठक्कर दिएर मन्त्रीको गाडी सम्पर्कविहीन भएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका थिए। सडक अवरुद्ध हुँदा आम नागरिकसँगै एमाले विधान महाधिवेशनमा जाने प्रतिनिधिहरू पनि समस्यामा परेका छन्।

स्थिति साम्य पार्न ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच वार्ता भएको थियो। मुख्यमन्त्री कार्कीले आफ्नो क्याबिनेटका मन्त्रीको गाडीले दुर्घटना गराएकोले नैतिक जिम्मेवारी लिँदै बालिकाको समूर्ण उपचार गर्ने निर्णय गरिएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *