जेन-जीको आन्दोलनमा घुसपैठ भए युवा संघले प्रतिवाद गर्ने

डिसी नेपाल
२३ भदौ २०८२ १०:१४
2.0k
Shares

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको भाृत संगठन राष्ट्रिय युवा संघ नेपालले जेन- जीको भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा कुनै अप्रिय घटना भए चुप लागेर नबस्ने चेतावनी दिएको छ।

राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले भ्रष्टाचार विरोधी आन्दोलन गर्दा आफूहरुलाई कुनै फरक नपर्ने तर, आन्दोलनमा घुसपैस भए त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका हुन्। उनले आन्दोलनमा घुसपैठ हुन सक्ने भन्दै कुनै अप्रिय घटना, हिंसात्मक र अराजक शैली अपनाए त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका हुन्।

आइतबार ललितपुरको गोदावरीमा सम्पन्न एमाले विधान महाधिवेशनबाट समाजमा रुपान्तरणको नाममा जुनसुकै नकारात्मकता बढाउने गतिबिधि बिरुद्धमा पार्टी र संगठन एक भएर प्रतिबाद गर्ने निर्णय गरेको थियो।

पार्टीका दुवै जनबर्गीय संगठन युवा संघ  र अनेरास्ववियूका अध्यक्ष  क्षितिज थेबे र सुजन कडेरियासँग नेताहरु भानुभक्त ढकाल र महेश बस्नेतले छलफल गरेका थिए।

युवा संघका इन्चार्ज राजिब पहारी, पुष्प श्रेष्ठ,महाराज गुरुङ, अनजना सिवाकोटी, महेश चौलागाईं, कमल जोशीलगायत अन्य युवा बिद्यार्थी नेताको उपस्थितिमा यो निर्णय भएको हो। सो छलफलमा भ्रष्टाचार विरोधी अभियानमा आफूहरुको पनि समर्थन रहेको तर आन्दोलनमा व्यवस्था विरोधी घुसपैठ हुन सक्नेप्रति सचेत रहन नेताहरुले निर्देशन दिएका छन्।

अहिलेको निराशा र कुण्ठालाई कसैले प्रयोग गरेर व्यवस्थालाई कमजोर बनाउन खोजे त्यसको डटेर सामना गर्ने बताइएको छ। ‘निर्दोश युवालाई इमोसनल ब्लकमेल गरी देशमा बिध्वंश मच्चाउन अस्थिरताको खेती बढाउन जेन जी पुस्ताको दुरुपायोग गर्ने खतरनाक देशबिरोधि नियोजित खेल देश भित्र र बाहिरका बन्द कोठाबाट भैरहेको हुन सक्ने बिभिन्न सूचना समेत हामीले पाएका छौं। उहाँहरूले रचनात्मक ढंगबाट कुरा राख्न पाउनुहुन्छ। लोकतन्त्रमा कुरा राख्न नपाउने भन्ने हुँदैन तर फ्याक्ट र अनुशासनमा बेसको हुनुपर्छ,’ पौडेलले भने।

जेन–जीले नेताको छोराछोरीको फोटो सार्वजनिक गरिरहेको विषयमा भने दलका विद्यार्थी नेताले फरक मत राखेका छन्। ‘फोटो सार्वजनिक गर्नुअघि ट्याक्स तिरेको छ कि छैन हेर्नुपर्छ। कमाइ नभएकाको सार्वजनिक ठिकै होला तर आफ्नो कमाइमा चलेकाको फोटो सार्वजनिक गर्नुअघि फ्याक्ट हेर्नुपर्छ, ‘फ्याक्टभन्दा बाहिर गयो भने स्थिति जटिल बन्छ। कतिपयको पारिवारिक विरासत हुन्छ, सम्पत्ति हुन्छ। यो बिषय पनि सबैले बुझ्नु पर्छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *