जनआन्दोलनको झल्को दिने काठमाडौंमा जेन-जीको प्रदर्शन (तस्बिर)
काठमाडाैं। सरकारको भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाडौंको माइतीघरबाट नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले सडकका दुवै लेन ढाकेर बानेश्वर पुगेका छन्।
जेनजीहरुले भ्रष्टाचारविरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेर कलेज र स्कुल पोशाकमा समेत प्रदर्शन गरेका छन्। स्वत:स्फूर्त रुपमा आज बिहानैदेखि काठमाडौंको माइतीघरमा जम्मा भएका उनीहरू ११ बजेपछि बबरमहल हुँदै नयाँबानेश्व पुगेका छन्।
आन्दोलन घोषणा गर्दा जेनजीहरुले संसद भवन अगाडि पनि प्रदर्शन गर्ने घोषणा गरेका थिए। तर, उक्त क्षेत्र निषेधित गरिएकोले उनीहरुलाई अगाडि नै रोकिएको छ।










No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment