बालुवाटारमा सत्तारूढ दलको बैठक जारी

डिसी नेपाल
२३ भदौ २०८२ १६:२७
1.3k
Shares

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलको बैठक जारी रहेको छ । जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गृहमन्त्री, रक्षामन्त्रीलगायत सत्तारूढ दलका शीर्ष नेताहरू सहभागी बैठक सुरु भएको हो।

बैठकमा हालै सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र त्यसविरुद्ध भइरहेको जेन–जी पुस्ताको आन्दोलनबारे गहन छलफल भइरहेको जनाइएको छ। स्थिति नियन्त्रणमा ल्याउनका लागि रणनीति तय गर्ने उद्देश्यले बैठक बोलाइएको जनाइएको छ।

जेन–जी पुस्ताको आन्दोलनलाई नै मुख्य एजेन्डा बनाएर मन्त्रिपरिषद्को बैठक पनि सोमबार साँझ ६ बजेलाई बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *