जेन-जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुग्यो

डिसी नेपाल
२३ भदौ २०८२ १७:३२
136
Shares

काठमाडौं। जेन-जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ।

काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा १७ जना प्रदर्शनकारीको ज्यान गएको हो। आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो।

उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो। ट्रमा सेन्टर ९ जना, एभेष्टमा ३, सिभिल ३, केएमसी अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक जना गरी १७ जनाको मृत्यु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *