कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

डिसी नेपाल
२३ भदौ २०८२ १७:५५
352
Shares

काठमाडौं। नेपाली कांग्रेसले मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

भोलि भदौ २४ गते बिहान ९ः०० बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ। आज ‘जेन–जी’ले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भएको छभने सयौँ प्रदर्शनकारी घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *