विद्यमान सङ्कटको मूल जड संविधान हो, संविधान पुनर्लेखन गरौँ : पूर्ण बस्नेत

डिसी नेपाल
३ असोज २०८२ १५:३३
44
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेपालको संविधान पुनर्लेखन गर्नुपर्ने बताएका छन्। बस्नेतले २०७२ असोज ३ मा जारी हुँदै खेरी यो संविधान अपुरो र अधुरो रहेको भन्दै संविधान पुनर्लेखन गरेरै मुलुकलाई निकास दिनुपर्ने बताएका हुन्।

बस्नेतले भने, ‘मुलुकमा विद्यमान सङ्कटको मूल जड संविधान हो। मुलुकमा अपनाइएको शासकीय स्वरुप, निर्वाचन प्रणालीबाट सुशासन र स्थिरताको परिकल्पना गर्न सकिदैँन। कांग्रेस र कम्युनिष्ट शासनले संविधानको उच्चतम विकृत रुपलाई सबैका सामू उजागर गरिसकेको छ। यसबारे थप व्याख्या र पुष्टि आवश्यक छैन।’

संविधानलाई जनपक्षीय र सर्वस्विकार्य बनाउन माग गर्दै आन्दोलनमा उत्रिदा आफू प्रहरी हिरासतमा पुगेको आजको दिनको स्मरण गर्दै बस्नेतले कुनै भूगोल, समुदाय र क्षेत्रलाई बहिष्करणमा पारेर मुलुकले स्थिरता र समृद्धि हासिल गर्न नसक्ने उनको भनाइ छ।

सबैले अपनत्व महसुस गर्ने खालको संविधान बन्न सकेमात्र राष्ट्रिय एकता बलियो बन्ने उनको दाबी छ।

जेनजी आन्दोलनको जनादेशलाई सम्बोधन गर्न पनि संविधान संशोधन अपरिहार्य रहेको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *