अमेरिकामा पूर्व एफबीआई प्रमुखमाथि झूटा बयान दिएको र न्यायमा बाधा पुर्याएको आरोप
काठमाडौं । अमेरिकी न्याय विभागले संघीय अनुसन्धान ब्यूरो (एफबीआई) का पूर्व प्रमुख जेम्स कोमीलाई संवेदनशील जानकारीको खुलासासँग सम्बन्धित कथित अपराधको आरोप लगाइएको जनाएको छ।
जेम्स कोमीमाथि एउटा मुद्दामा झूटा बयान दिएको र अर्को मुद्दामा न्यायमा बाधा पुर्याएको आरोप छ। “कानूनभन्दा माथि कोही पनि छैन,” अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले अभियोग घोषणा गरेपछि भने।
यस हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा कोमी र अन्य धेरै राजनीतिक विपक्षीहरू “दोषी” भएको र “न्याय हुनुपर्छ” भनी पोस्ट गरेका थिए।
आफूमाथि लागेका आरोपहरूको बारेमा कोमीले एक भिडियो वक्तव्यमा आफू निर्दोष भएको बताए।
कोमीलाई ट्रम्पले २०१७ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा बर्खास्त गरेका थिए र त्यसबेलादेखि यी दुई सार्वजनिक रूपमा झगडा गरिरहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment