‘जेनजी’ प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण

डिसी नेपाल
१२ असोज २०८२ २०:००
56
Shares

धरान । गत भदौ २३ र २४ मा भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा मृत्यु भएका दुई मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति रकम वितरण गरिएको छ।

इटहरी उपमहानगरपालिका कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका २३ वर्षीय अभिषेक श्रेष्ठ र मोहन सरदारका परिवारलाई सङ्घीय सरकारबाट प्राप्त रकम आज हस्तान्तरण गरिएको हो।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक मृतकका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ र क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ गरी जम्मा १५ लाख रुपैयाँ रकम वितरण गरिएको बताए । यो रकम गृह मन्त्रालयमार्फत प्राप्त भएको थियो।

यस्तै, कोशी प्रदेश सरकारबाट किरिया खर्चबापत थप एक लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए। रासस

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *