करेन्ट लागेर बालकको मृत्यु
धनगढी । बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
जिल्लाको मष्टा गाउँपालिका–५ किनाडाको जङ्गलमा गाई बस्तु चराउन गएका बेला १३ वर्षीय सुरेश आग्रीलाई करेन्ट लागेको हो। उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बझाङले बताएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, राति चलेको हावा-हुरीका कारण राष्ट्रिय प्रसारण लाइनको तार चुडिँदा भुईमा लत्रिएको थियो। घटनास्थलमा तत्काल प्रहरी टोली खटिएको थियो। प्रहरी अनुसन्धान जारी राखिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment