धान खेतमा महिलाको शव फेला
सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका–२ स्थित धान खेतको आलीमा घाँस काट्न गएकी स्थानीय महिलाको शव फेला परेको छ।
आइतबार अपरान्ह घरबाट निस्किएकी स्थानीय नन्दा यादवकी श्रीमती करिब ५५ वर्षीया रामदुलारी यादव आफ्नै धान खेतमा मृत अवस्थामा भेटिएकी हुन् ।
धान खेतमा सोमबार बिहान महिलाको शव भेटिएको जानकारी पाए लगत्तै विष्णुपुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। कानुनी प्रक्रिया पुर्याएर शव पोष्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
आलीमा केही घाँस काटेर राखेको र आलीमुनि धान माडेर कोल्टे अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment